भोजपुर देउराली स्थित सुम्निमा बहुप्रविधिक शिक्षालयमा खेलकुद सप्ताह मनाईदै

भोजपुर । सुम्निमा बहुप्रविधिक शिक्षालयले खेलकुद सप्ताह सुरुगरेको छ । शिक्षालयको वार्षिक कायक्रम अनुसार प्रत्येक वर्ष मनाउनु पर्ने भएपनि कोरोना माहामरीका कारण २ वर्ष पछि खेलकुद सप्ताह मनाउन सुरु गरिएको सुम्निमा बहुप्रविधिक शिक्षालयल भोजपुरका प्रमुख राजिव कुमार ठाकुरले बताए ।

पुष ११ गतेबाट सुरु भएको खेलकुद सप्ताह पुष १४ गते सम्पन्न हुने शिक्षालयका प्रशिक्षक कौशल बस्नेतले बताए । उनका अनुसार खेलकुद सप्ताहमा महिला र पुरुष दुवैको क्रिकेट, भलिबल, फुटबल लगायत विभिन्न खेलहरु खेलाईने छ ।

शिक्षलयमा विद्यार्थीको वौधिक मानसिक विकास संगै शाारिरीक विकास पनि जरुरी रहेको बताउदै प्रत्येक वर्ष खेलकुद सप्ताह मनाईने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार