भोजपुरमा पाँचौ महिला मेयर कप फुटबल शुरु, उद्घाटन खेलमा भैसीपंखा सेमिफाइनलमा प्रवेश 

भोजपुरमा पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता शुरु भएको छ । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा प्रतियोगिता आज बाट शुरु भएको हो ।

प्रतियोगिताको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उद्घाटन गर्नु भएको छ । भोजपुरको स्थानीय टुडीखेलमा भैरहेको प्रतियोगितामा भोजपुर नगरपालिका १०, द सेभेन युथ क्लव धनकुटा, एन बी वाई एफसी सप्तरी, भोजपुर नगरपालिका ११, कन्काई झापा, रिमाचुङ्ग एजुकेशन एण्ड स्र्पोट एकेडेमी र आर एसी दमक गरी ७ वटा टिमको सहभागिता रहेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिनु भयो ।

आज भएको उद्घाटन खेलमा धनकुटालाई एक विरुद्ध तीन गोल गर्दै भोजपुर नगरपालिका १० भैसीपंखा सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताका विजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैया तथा उपविजेताले ५१ हजार ५ सय ५५ रुपैयाका साथमा ट्रफी प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार