डागीहाट युथ क्लब मोरङलाई हराउँदै आयोजक भोजपुर फाईनलमा प्रबेस

भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको सेमीफाईनल खेलमा डागीहाट युथ क्लब मोरङलाई हराउँदै घरेलु टिम जिल्ला फुटबल संघ भोजपुर फाईनल चरणमा प्रबेस गरेको छ ।

आज सुरु भएको सेमीफाईनल प्रतिस्प्रधात्मक खेलको पहिलो हाफमा डागीहाट युथ क्लब मोरङको खेलाडी बिसाल पाण्डेले सुरुवाती गोल गरे ।

यसैगरी पहिलो हाफमै जिल्ला फुटबल संघ भोजपुरका खेलाडी रेमन उदासले जबाफी गोल गरेका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेपछी निर्धारीत समय सम्म खेल बराबरी भए सँगै ट्राईब्रेकरको माध्यमबाट जिल्ला फुटबल संघ भोजपुरले ८ को बिरुद्धमा ९ गोलको अन्तरले जित हासिल गरेको हो ।

आज भएको खेलमा घरेलु टिम भोजपुरका गोल रक्षक धिरज मगर म्यान अफ द म्याच घोशित भएका छन् । प्रतियोगिताको विजेताले उपाधी सहित नगद रु ५ लाख र उपविजेताले ३ लाख पाउने छन । प्रतियोगीताको फाईनल खेल चैत्र १६ गते समापन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार