प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवको पोल्टोमा

भोजपुर । भोजपुरको पैवादुङ्मा गाउँपालिकामा भएको प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवले उचालेको छ । देउराली फुटवल क्लवले आम्तेक–११, लाई ३–२ गोल अन्तरले हराउँदै देउरालीले उपाधी हात पारेको हो ।

देउराली फुटवल क्लवले उपाधि संगै नगत ३ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गर्ेका थिए भने अर्को एक गोल सुवास तामाङले थपे पछि देउरालीले उपाधि उचाल्न सफल भएको हो ।

उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बुले गरेका थिए । यस्तै देउराली फुटवल क्लवसंग पराजित तथा पौवादुङमा गोल्ड कपको उप विजेता आम्तेक–११ ले नगत २ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

माघ १ गतेबाट शुरु भएको प्रतियोगितामा १६ ओटा टिमले सहभागिता जनाएका थिए । यस्तै खेलमा देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच घोसित भए भने उत्कृष्ट खेलाडी देउराली कै बिबेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बु, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक ११ का निशान लिम्बुले पाप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार