भोजपुर । भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले आज ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो । कृषकहरुलाई नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले सयुक्त रुपमा ट्याक्टर हस्तान्तरण गर्नु भएको हो । संघिय सरकारको ७० प्...
समाचार
-
-
भोजपुरमा ईर्खुवा हाईड्रो पावरको २ जना मजदुर वाढीले बगाउदा वेपत्ता
भोजपुर । अविरल वर्षका काराण ईर्खुवा खोलामा आएको वाढिले ईर्खुवा हाईड्रो पावरको २ जना कामदार वाढीले बगाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका ४ गोथे बजार स्थित रहेको इखुवा खोलामा राती साढे एक वजे आएको बाढिले सुतीरहेको अवस्थामा २ जना कामदार वगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श्रेष्ठले बताए । हाइड्र...
-
सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन-ढुक्कले काम गर्नुहोस्, राम्रो काम गर्दा फसिँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरुलाई मन्त्रालयका कामहरु ढुक्कले गर्न निर्देशन दिनुभयो । मंगलबार सिंहदरबारमा सचिवहरुसँगको कार्यक्रममा उहाँले राम्रो काम गर्नेलाई सरकारले जिम्मा लिने भन्दै सचिवहरुलाई ढुक्कले काम गर्न निर्देशन दिनुभएको हो । तर गलत काम गर्ने कर्मचारीले भने गलत कामको जिम्मेवारी आ...
-
खोटाङमा ट्राफिक जरिवानाबाट ५० लाखभन्दा बढी राजश्व संकलन
खोटाङ । ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट खोटाङमा ५० लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट जरिवाना वापत ५० लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार एक वर्षमा साढे ६ हजार सात सय ...
-
संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प
...
-
सौर्य एयरलाइन्सको मृतकका परिवारलाई एयरलायन्सको यस्तो प्रतिबद्धता
भैरहवा । बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । सौर्य एयरलाइन्स प्रालिले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएकामा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक...
-
बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न साउन १३ मा सम्झौता हुँदै
काठमाडौँ । बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपालले आगामी साउन १३ मा त्रिपक्षीय सम्झौता गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड ९बीपीडीबी० र भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन०बीच सम्झौता हुने मिति तय भएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार आगामी...
-
त्रि. वि को ६५ औ वार्षिक दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण
भोजपुर । त्रिभुवन विश्व विद्यालयको ६५ औ वार्षिक दिवसको अवसरमा भोजपुर बहुमुखी क्याम्पस भोजपुरले जिल्ला अस्पताल भोजपुरका विरामीलाई फलफूल वितरण गररेको छ । सोमवार क्याम्पसका प्रध्यापक, कर्मचारीहरुको टोलीले जिल्ला अस्पताल भोजपुरमा विहान ७:३० वजे फलफूल वितरण गरिएको भोजपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुलनाथ राईले ...
-
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भोजपुरबाट खोटाङ आउदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दिक्तेलतर्फ आउदै गरेको प्रदेश २–०१–००१ स २०१५ नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ...
-
संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिम...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 57
- Next Page »